२०८१ चैत्र २८ गते शुक्रबार।
गत चैत्र १५ गते तीनकुनेमा राजाबादी समुहहरुले गरेको प्रदर्शन हिंसात्मक भएपछि फरार भएका मेडिकल ब्यबसायी तथा सामाजिक अभियानताका रुपमा चिनिएका दुर्गा प्रसाईंलाई भारतबाट नियन्त्रणमा लिएर आज काठमाडौं ल्याइएको छ । उनलाई आसामको गुवाहाटीबाट झापा हुँदै विमान मार्फत् काठमाडौं ल्याइएको हो । उनलाई यति बेला काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ।