नागढुङ्गाबाट सुनसहित २ जना भारतीय पक्राउ

पढ्नै पर्ने

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट करिब ३ सय १८ ग्राम तौलको सुन जस्तो देखिने धातु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र साङ्ली बस्ने २७ वर्षीय महेश अम्रुत मानी र भारत महाराष्ट्र सोलापुर बस्ने २४ वर्षीय राहुल खंडु सरक रहेका छन् ।

प्रहरी प्रभाग नागढुङ्गा समेतबाट खटिएको प्रहरीले काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००२ ख ०५४२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त धातु सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

छुटाउनु भयो कि ?