पौष ०२ , २०८१ मंगलबार
काठमाडौ ।
पश्चिम नवलपरासीको सुस्तामा गएको बिहीबार गोली प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सुस्ता गाउँपालिका मुसहर टोल बस्ने वर्ष २३ को रोहन महतोको गोली हानी हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा सुस्ता महलबारी बस्ने वर्ष २२ को विशाल मुसहर, वर्ष २१ को मोहन थारू र वर्ष १८ को साहिल थारूलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो।





