सालकको खपेटा सहित ४ जना पक्राउ

पढ्नै पर्ने

गोकर्णेश्वर नगरपालिका-५ चामुण्डाचोकबाट सालकको खपेटा ८ किलो ५ सय ग्राम सहित ४ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिकाका, ४८ वर्षीय कुवेर बहादुर स्याङ्तान, नुवाकोट बेलकोटगढी नगरपालिकाका, ४० वर्षीय सन्त बहादुर गुरूङ, ओखलढुंगा मोलुङ गाउँपालिकाका, २८ वर्षीय राजु विश्वकर्मा र सुनसरी धरान उपमहानगरपालिकाका, ४२ वर्षीय मदन राई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त खपेटा सहित पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

थप खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisement -spot_img

छुटाउनु भयो कि ?